Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकले कमायो दुई अर्ब ८३ करोड नाफा

बुधबार, १२ बैशाख २०७५, १४ : १६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकले कमायो दुई अर्ब ८३ करोड नाफा

अर्थ संसार, काठमाडौँ– नेपाल इन्भेष्टमेन्ट बैंकले चालु बर्षको चैत महिना सम्ममा नै रु दुई अर्ब ८३ करोड नाफा गरेको छ ।

गत बर्षको चैतमा २ अर्ब ३७ करोड नाफा गरेको थियो। अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्नेहरुमध्ये नेपाल इन्भेष्टमेन्टले सार्वाधिक नाफा गर्ने बैंकमा दरिएको छ ।

बैंकले चालु आवको ९ महिनाको अवधिमा रु ४ अर्ब ११ करोड खुद ब्याज आम्दानी आर्जन गरेको छ। गत वर्ष यस्तो आम्दानी रु तीन अर्ब ४७ करोड थियो ।  

बैंकले ९ महिनामा रु एक खर्ब ३० अर्ब निक्षेप संकलन गरि रु एक खर्ब १८ अब ऋण लगानी गरेको छ । गत बर्ष रु एक अर्ब १९ अर्ब निक्षेप संकलन गरि रु एक खर्ब एक अर्ब ऋण लगानी गरेको थियो।

चुक्ता पूँजी रु १० अर्ब ६४ करोड रहेको बैंकको जगेडा कोषमा अझ बढि रु  १० अर्ब ९१ करोड जम्मा भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको