Like us!
Follow us!
Connect us!
Watch us!

पार्क संरक्षणमा जनता बैंकको सहयोग

बुधबार, १२ बैशाख २०७५, १७ : ३७ मा प्रकाशित

पार्क संरक्षणमा जनता बैंकको सहयोग

अर्थ संसार, काठमाडौ- काठमाडौ महानगरपालिका वडा नं. ३२, महादेवस्थानमा रहेको मदनभण्डारी स्मृति बाटिकाको संरक्षणमा जनता बैंक नेपाल लिमिटेडले सहयोग गर्ने भएको छ । 

महानगरपालिका वडा नं. ३२ एबं उपत्यका बिकास प्राधिकरणको प्राविधिक तथा आर्थिक सहयोगमा करिब ४ रोपनी जग्गामा निर्माण गरिएको उक्त बाटिका प्रधानमन्त्री के.पी. शर्मा ओलीले यहिमिति २०७५ बैशाख ११ गते उद्घाटन गर्नु भएको थियो ।

स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा समेत सस्थागत सामाजिक उत्तर दायित्व अन्तरगत कार्य गर्ने यस बैंकको नीति अनुरुप उक्त वाटिकाको दैनिक सरसफाई, रेखदेख र संरक्षणको लागि सहयोग गरिएको हो ।

उक्त सहयोग पहिलो चरणमा आगामी एक बर्ष सम्मको लागि हुने गरि यस बैंक र वाटिका संरक्षण समितिबिच संझौता गरिएको छ ।

5ae070a322deb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको