Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुलीमा औषधीको हाहाकार

विहीबार, १३ बैशाख २०७५, ०८ : ४५ मा प्रकाशित

सिन्धुलीमा औषधीको हाहाकार

  • शंखर पहाडी,गौरब

अर्थ संसार, सिन्धुली– सिन्धुलीका अधिकांश गाउँ पालीकाका विभिन्न स्वास्थ्य संस्थामा जिवनजल समेत अभाव भएको छ ।

नेपाल सरकारले स्वास्थ्य चौकीमा विभिन्न अत्यवश्यकिय ३५ प्रकारकार औषधी नि ः शुल्क उप लब्ध भएको बताएको छ । तर सिन्धुलीका अधिकांश स्वास्थ्य चौकीमा अत्यावश्यकीय औषधी मात्र नभई जिवनलज समेत नपाएको सेवाग्राहीले गुनासो गरेका छन ।

 देश संघिय संरचनामा गइसकेपछि आफ्नो पालीका भित्रका स्वास्थ्य संस्थामा आबश्यक पर्ने अत्याआवश्यकीय औषधी खरीदको समेत जिम्मा गाउँ पालीकालाई दिएको भएपनि सिन्धुलीका कतिपय गाउँ पालीकाले अहिले सम्म कुनै प्रकारका औषधीहरु खरीद गरेका छैन्न ।

सिन्धुलीको गोलन्जोर गाउँ पालीकाले पालीका भित्रका विभिन्न स्वास्थ्य संस्थामा औषधी खरीदको लागि छुट्टयाएको रु ४ लाख रकमको शिर्षक समेत परिवर्तन गरेको गोलन्जोर गाउँ पालीका स्वास्थ्य युनिटका उप प्रमुख गोपाल कार्कीले बताउनु भयो ।

पालीकाका सबै स्वास्थ्य संस्थामा जिवनजल समेत छैन तर पालीकाले स्वास्थ्य क्षेत्रमा छुट्टयाएको  बजेट समेत शिर्षक परिवर्तन गर्छ कसरी औषधी उपलब्ध हुन्छ कार्कीको भनाई छ ।

पालीका भित्रका सरकारी स्वास्थ्य संस्थामा जिवनजल छैन यो वास्तविकता हो हामीले जिल्ला जन स्वास्थ्य कार्यालय सिन्धुलीलाई जानकारी गराएका छौँ आशा गरौँ चाँडै उपलब्ध हुन्छ कार्कीको भनाई छ ।

आफ्नो पालीका भित्रका स्वास्थ्य संस्थामा जिवनजल समेत नहुन लाजमर्दाे कुरा भएको गोलन्जोर गाउँ पालीका वडा नम्बर ७ का अध्यक्ष रुम बहादुर देवकोटाले बताउनु भयो । कर्माचारीहरुमा काम गर्ने लगानशिल्ता नहुन र स्वास्थ्य संस्थामा आवश्यकीय औषधी नहुन आफुहरुको लागि बढो दुःखको कुरा भएको अध्यक्ष देवकोटाले बताउनु भयो ।

चाँडै अत्यवश्यकीय औषधीहरु स्वास्थ्य संस्थामा नरहे पालीकाको स्वास्थ्य युनिटले ठुलो संकेतीक क्षेतीको सामना गर्नु पर्ने वडा अध्यक्ष देवकोटाले बताउनु भयो ।

त्यस्तै गोलन्जोर गाउँ पालीकाका उप प्रमुख गंगादेवी श्रेष्ठले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको लागि छुट्टयाएको रकमको शिर्षक परिवर्तन भएको खबरले आफुलाई निकै दुःख लागेको बताउनु भयो । सो विषयमा आफुले पालीकाका अध्यक्षसंग छलफल गर्ने श्रेष्ठको भनाई छ ।अहिले गोलन्जोर गाउँ पालीका भित्रका  अधिकांश स्वास्थ्य संस्थामा जिवनलज समेत अभाव भएको छ ।

लभधक

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको