Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा छलाङ्ग मार्दै जनता बैंक

विहीबार, १३ बैशाख २०७५, १० : ४२ मा प्रकाशित

नाफामा छलाङ्ग मार्दै जनता बैंक

अर्थ संसार, काठमाडौं-जनता बैंक नेपाल लिमिटेडले चालु बर्षको चैत महिना सम्ममा ५७ करोड ५७ लाख रुपैयाँ कमाएको छ । 

बैंकको अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ३८ करोड १८ लाख रुपैयाँ कमाएको थियो । गत वर्षको तुलनामा झण्डै ५१ प्रतिशत बढी हो । बैंकले अन्य मुख्य सूचकमा समेत उस्तै फड्को हानेको छ ।

दुई बलिया विकास बैंक गाभेर आठ अर्ब चुक्ता पूँजी पूर्याएको बैंकको जगेडाकोष पनिे बढाएर १ अर्ब ३७ करोड पुर्याएको छ ।

बैंकले निक्षेपमा ५३ दशमलव ९४ प्रतिशतले वृद्धि गरी ५४ अर्ब ५७ करोड ९५ लाख रुपैयाँ संकलन गरी कर्जामा ५१ अर्ब १६ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ ।

जुन गत वर्षको तुलनामा ५३ दशमलव ९४ प्रतिशतले वृद्धि गरेको हो । बैंकले लगानीमा १०७ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको खुद व्याज आम्दानीमा १११ दशमलव २७ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ र संचालन मुनाफा ४८ दशमलव २५ प्रतिशतले बढेर ६७ करोड ९७ लाख रुपैयाँ पुगेको छ । जसले मुनाफा पनि वृद्धि गरेको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ०३ प्रतिशतले घटेर १ दशमलव ९५ प्रतिशत रहेको छ भने पुँजीकोष अनुपात शुन्य दशमलव ०३ प्रतिशतले बढेर १६ दशमलव १३ प्रतिशत रहेको छ ।

बैंकको प्रोभिजनमा ३६ करोड ९१ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा २५ करोड ११ लाख रुपैयाँ उठाएको छ ।

बैंकको प्रतिशेयर आम्दानी ९ दशमलव ५९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १७ दशमलव ०९ गुणा, प्रतिशेयर नेटवर्थ १ सय १७ दशमलव १३ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ०९ प्रतिशत रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको