Like us!
Follow us!
Connect us!
Watch us!

बंगलादेश बैंकको नाफामा गिरावट

शुक्रबार, १४ बैशाख २०७५, १२ : ०७ मा प्रकाशित

बंगलादेश बैंकको नाफामा गिरावट

अर्थ संसार, काठमाडौं– नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षकोे तेस्रो त्रैमासमा खुद मुनाफा ७१ करोड ३ लाख रुपैयाँ कमाएको छ ।

अघिल्लो वर्षको सोहिअवधिको मुनाफा ८२ करोड ७६ लाख रुपैयाँ कमाएको थियो ।  खुद नाफा गत वर्षको यही अवधिको भन्दा १४.१७५ ले घटेको हो । यो बैंकको खुद ब्याज आम्दानीमा १४.६२५ सुधार भए पनि सञ्चालन नाफा १०.५५५ ले घटेको छ ।
 
तेस्रो त्रैमाससम्म खुद ब्याज आम्दानी १ अर्ब २४ करोड ८७ लाख ९ हजार रुपैयाँ छ । सञ्चालन नाफा भने १ अर्ब १० करोड ४१ लाख १० हजार रुपैयाँबाट घटेर ९८ करोड ७६ लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ । बंगलादेश बैंकले ९ करोड ६९ लाख ६७ हजार रुपैयाँ राइट ब्याक गर्दा प्रोभिजनमा ३८ करोड ५३ लाख ४६ हजार रुपैयाँ राखेको छ ।
 
यता, निक्षेप संकलन र कर्जा लगानीमा भने सामान्य सुधार भएको छ । यो बैंकले ४२ अर्ब ३६ करोड ३२ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ७ करोड ५६ लाख ६८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

निक्षेप संकलन गत वर्षको भन्दा ९.९३५ मात्र धेरै हो भने कर्जा लगानी १२.९६५ ले विस्तार भएको छ । यो बैंकको कर्जा निक्षेप अनुपात ७८.६०५ छ ।
 
नेपाल बंगलादेश बैंकको खराब कर्जा १.०१५ बाट बढेर १.७७५ पुगेको छ । कस्ट अफ फन्ड पनि ४.९१५ बाट ७.९८५ भएको छ । यता, चुक्ता पुँजीमा उल्लेख्य वृद्धि हुँदा रिजर्भ कोष भने सोही अनुपातमा बढ्न सकेको छैन । यसको चुक्ता पुँजी ४६.६८५ ले बढेर ८ अर्ब ८ करोड ८१ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।
 
रिजर्भ कोषमा  ७.२८५ को मात्र सुधार भएको छ । रिजर्भमा अहिले ३ अर्ब ६ करोड ३३ लाख ६१ हजार रुपैयाँ जम्मा भएको छ । यो बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) १२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी र नेटवर्थ दुवै गत वर्ष भन्दा घटेका छन् । गत वर्ष प्रतिसेयर आम्दानी २८ रुपैयाँ थियो भने प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको