Like us!
Follow us!
Connect us!
Watch us!

बिजी मल बम्पर उपहार विजेतालाई मोटरसाइकल

आइतबार, ०३ पुस २०७३, १० : १० मा प्रकाशित

बिजी मल बम्पर उपहार विजेतालाई मोटरसाइकल

अर्थ संसार
काठमाडौं–नयाँबसपार्कमा रहेको बिजीमलले दशैंतिहारलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाको बम्पर उपहार बिजेतालाई प्रदान गरेको छ ।मलले उपहार योजनाअन्तरगत १ हजार रुपैंयाभन्दा बढीको सामान खरिद गर्नेलाई उपहार कुपन उपलब्ध गराएको थियो ।

यसरी ग्राहकले उपहार योजनामा राखेका झण्डै २५ हजार कुपनमध्ये कुपन नम्बर ५८३३ का विजेता मंगल तामाङलाई टिभिएसको १८० सिसिको अपाची आरटिआर मोटर साइकल प्रदान गरिएको छ । त्यसै गरी कुपन नम्बर १२०४० का स्वच्छम गुरुङले ११० सिसिको टिभिएसको जुपिटर स्कुटर हात पारेका छन् ।

कुपन नम्बर ४०२५ का सविता सुवेदीले चार रात पाँच दिनको बैङकक भ्रमणको प्याकेज जितेकी छन् । त्यसै गरी कार्यक्रममा उपहार योजनाका साप्ताहिक उपहार विजेताहरुलाई सिजिका साउण्ड बार, ३२ इन्चको टेलिभिजन, वासिङ मेसिन, माइक्रो ओभन, इलेक्ट्रिक हिटर लगायतका उपहार पनि हस्तान्तरण गरिएको छ ।

यसैबीच जाडो मौसममा ग्राहकलाई सुपथ मूल्यमा विभिन्न किसिमका सामान उपलब्ध गराउने लक्ष्यका साथ मलले विन्टर सेलिब्रेसन कार्यक्रमको सुरुवातसमेत गरेको छ । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै मलले कार्यक्रमको सुरुवात मलमा सविन राईको संगितिक कार्यक्रम गर्दै सुरु गरेको हो ।

यसै गरि सेलिब्रेसनमा फेसन शो, बालबालिकालाई फ्रि फेस पेन्टिङ, फोटो सेसनलगायतका मनोरञ्जनात्मक क्रियाकलाप समेटिने छन् । सेलिब्रेसन जनवरी दुई तारिखसम्म चल्नेछ । 

यो पनि पढ्नुहोस्

अमेरिकी राष्ट्रपति ओवामाले जाँदाजाँदै गरे नेपाललाई सहुलियत दिने कानुनमा हस्ताक्षर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको