अर्थ संसार, त्रिशूली, नुवाकोट– हावाहुरीसँगै परेको असिनापानीले जिल्लामा लाखौंँको बाली नष्ट भएको छ ।
शिवपुरी र पञ्चकन्या गाउँपालिकामा विभिन्न स्थानमा परेको असिनापानीले खाद्यान्न बाली तथा तरकारी नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
शिवपुरीका लिखु, तलाखु, सुनखानी, महाकाली र समुन्द्रादेवी तथा पञ्चकन्याको पञ्चकन्यामा परेको असिनापानीबाट मकै, गहुँ तथा धान बाली नष्ट भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण तरकारी जोन प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो ।
डा गैरेका अनुसार तरकारी बालीमा घिरौँला, गोलभेडा, काँक्रो, करेलालगायत र फलफूलमा समेत क्षति पुगेको छ ।
“क्षतिको विवरण संकलन गर्न कर्मचारीहरु खटिएका छन् । वडा कार्यालय, गाउँपालिकाको कार्यालय नै क्षतिको विवरण संकलन गर्न लागेका छन्”, डा गैरेले भन्नुभयो “केही दिनमा क्षतिको विवरण आउने छ ।”
खेतमा लगाइएको मकै भर्खर चमरा निस्कने बेला र गोलभेंडा, करेला, काँक्रोलगायत तरकारी भर्खर टिप्ने बेलामा परेको असिनाले किसान मारमा परेका छन् ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस