Like us!
Follow us!
Connect us!
Watch us!

नेपालगञ्जको मेडिकलमा आगलागी हुँदा लाखौंको क्षति

आइतबार, १६ बैशाख २०७५, १२ : १२ मा प्रकाशित

नेपालगञ्जको मेडिकलमा आगलागी हुँदा लाखौंको क्षति

अर्थ संसार, खजुरा– नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित धम्बोझीचोक नजिक स्वास्थ्यकर्मी जीवन शर्माको स्वास्थ्य क्लिनिकमा आगलागी भएको छ । विद्युत् तार सर्ट भएर गएराति आगलागी हुँदा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

स्थानीय, प्रहरी र दमकलको सहयोगमा दुई घण्टा लगाएर आज बिहान आगो नियन्त्रणमा लिइएको थियो । आगलागीले मेडिकल पसलमा रहेका सम्पूर्ण औषधि, फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको छ । 

प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण अझै आएको छैन । शर्माले आफ्नै घरमा पसल सञ्चालन गर्दै आउनुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको