Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफ इन्स्योरेन्सले कमायो नौ महिनामा १४ करोड

आइतबार, १६ बैशाख २०७५, १२ : ५१ मा प्रकाशित

प्राइम लाइफ इन्स्योरेन्सले कमायो नौ महिनामा १४ करोड

अर्थ संसार, काठमाडौँ – प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको नौ  महिनामा रु १४ करोड ३१ लाख नाफा गरेको छ ।गत आवको सोही अवधिमा कम्पनीको नाफा रु १० करोड ७४ लाख रहेको थियो ।

गत वर्षको तुलनामा यो वर्ष प्राइमको नाफा रु ४ करोड बढेको हो । आज ाइतबार सार्वजनिक गरेको वित्तीय विवरणले नाफा बढेको देखाएको हो ।

सो  अवधिमा कम्पनीले रु २१ करोड ६४ लाख आम्दानी गरेको छ । जगेडा कोषको आकार बढेर रु ९४ करोड ८२ लाख पुगेको छ ।

चालु आवको नौ महिनामा रु १ अर्ब ५८ करोड जीवन बीमा शुल्क आर्जन गरेको छ । यो समेत गरी हालसम्म रु ११ अर्ब ४० करोड बराबरको शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ । कम्पनीले बोनसदर न्युनतम रु ३५ देखि  रु ७५ दिने घोषणा गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको