Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंक र आइएफसी बीच कर्जा लेनदेन

आइतबार, १६ बैशाख २०७५, १४ : ४३ मा प्रकाशित

ग्लोबल आइएमई बैंक र आइएफसी बीच कर्जा लेनदेन

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैक र विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) बीच कर्जा लेनदेन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले उक्त सम्झौता पत्रमा विहीबार हस्ताक्षर गर्नुभएको हो ।

नेपालमा पछिल्लो समयमा देखिएको वित्तिय तरलताको समाधानमा यो सम्झौताले योगदान पुर्याउने लक्ष्यका साथ उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त कर्जा सापटी सहमती नियमनकारी निकाय नेपाल राष्ट्र बंैकको स्वीकृति पश्चात लागु हुनेछ । त्यस्तै विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)ले ग्लोबल आइएमई बैकलाई ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम अन्तर्गत पनि ट्रेड लाइन प्रदान गरेकोे छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२२ वटा शाखा, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । 

त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको