अर्थ संसार, काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले जलविद्युत् आयोजनामा सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसमक्ष माग गरेको छ ।
इपानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले जारी गर्नुभएको विज्ञप्तिअनुसार जलविद्युत् आयोजना निर्माणमा रहेका लमजुङ, संखुवासभा, दैलेख, सुर्खेत्लगायतका जिल्लामा शान्ति सुरक्षाको अवस्था कमजोर रहेको बताउनुभएको छ ।
संखुवासभा जिल्लामा जलविद्युत् आयोजनमा आतंकित पार्ने गतिविधिले आयोजनालाई अप्ठ्यारोमा पारेको छ ।
शनिबार राति अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण स्थलमा नचिनेका मान्छेको समूहले बम विस्फोट गराएको थियो । विस्फोटबाट आयोजनाको कार्यालयमा सामान्य क्षति पुगेको छ ।
इपानले सुरक्षाको प्रतयाभूति हुनेगरी जलविद्युत् आयोजना भएका र निर्माणमा रहेका जिल्लामा सुरक्षाको प्रत्याभूतिका लागि सरकारसमक्ष आग्रह गरेको छ । जलविद्युत कम्पनीमा विभिन्न पार्टीको नाममा चन्दा माग्न आउनेको संख्या बढ्दो छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस