अर्थ संसार, काठमाडौं नेपाल ब्राजिल चेम्बर अफ कमर्श एण्ड इण्ड्रटिज र ब्राजिल नेशनल कन्फोडेरेसन अफ ईण्डट्रिज सिएनआईका बीच दुई देसिय लगानी प्रबद्र्धनका विषयमा छलफल तथा अन्तर्रास्ट्रिय कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपालका तर्फबाट ब्रजिलका लागि नेपाली राजदुत तारा प्रसाद पोखरेल र नेपाल ब्राजिल चेम्बर अफकमर्शका अध्यक्ष अखिलकुमार चापागाईले नेपाल ब्राजिलबीचको कुटनितिक सम्बन्धसँगै नेपाल ब्राजिलबीच छोटो समयमा जोडिएको आर्थिक सम्बन्धका कारण दुई देशीय सम्बब्न्ध र बव्यापार अभिवृद्धिका सम्बन्धमा धेरै सफल तामिलेको बताउनु भएको छ ।
अन्तरक्रिया कार्यक्रममा नेपालका तफर्पबाट आफ्नो धारण राख्नुहुदै अध्यक्ष अखिल कुमार चापागाईले नेपालको वर्तमान अवस्था लागनीको सम्भावना र व्यापार अभिवृद्धिका सवालमा देखिएका हालको समस्या र चुनौतिका विषयमा आप्mनो धारणा व्यक्त गरेका छन् ।
उनले नेपालको जलस्रोत, कृषि र पर्यटनमा प्रसस्त सम्भावना रहेकाले यहाँको लागनीकर्ताहरुलाई नेपालमा लगानीगर्न समेत आग्रह गरेका छन् । कार्यक्रममा ब्राजिलियन नेशनल कन्फेडेरेशन अफ इण्ड्रष्टिज सिएनआईका निर्देशक क्यारियोस एडुआर्डाे अभिजा ओदीले नेपाली प्रतिनिधिको यस भ्रमणले नेपाल र ब्राजिलबीचको सम्बन्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै नेपाली लगानीकर्तालाई पनि लगानी अभिकर्ताका सवालमा आग्रह गरेका छन् ।
उनले नेपाल र ब्राजिलबीचको कुटनितिक सम्बन्धएवं आर्थिक सम्बन्धलाई अझै कसिलो बनाउदै लैजानुपर्ने धारणा व्यक्त गरेका थिए । नेपाल ब्राजिलबाट धेरै टाढा रहेतापनि नेपाल जस्तो मुलुकले धेरै लाभलिन सक्ने उनको भनाई थियो । नेपालले ब्राजिलसँग बिपा सम्झौता देखि दुई देसिय सम्बन्धलाई प्रगाढ राख्न ब्राजिलका चर्चित खेलाडीहरुलाई समेत नेपालमा लैजानु पर्ने नेपाली उद्योगी व्यवसायीको थियो ।
नेपालीपक्षले ब्राजिलको विज्ञता र उद्यमशिलतामा सहकार्य गर्न चाहेको बताउको छ । विश्व अर्थतन्त्रमा राम्रो पकड राख्न सफल ब्राजिल दक्षिण अमेरिकाको शक्तिकेन्द्रको रुपमा रहेको छ ।
ब्राजिल भ्रमणका क्रममा नेपाली उद्यमी व्यवसायीहरुको प्रतिनिधि मण्डल, ब्राजिलका साना तथा मझौला जलविद्युत उत्पादक कम्पनीका प्रतिनिधिहरुसँग नेपालको जलविद्युत क्षेत्रको विकास र विस्तारमा ब्राजिलको सिप र खक्षताको आवश्यकतासँगै सहकार्यका बारेमा आप्mनो धारणा राखेका थिए ।
ब्राजिल इन्टरनेशनल मेसिनरी एण्ड इक्युपमेन्ट प्रदर्शनी २०१८ मा सहभागीता जनाउन ब्राजिल आइपुगेको नेपालीउद्योगी÷ व्यवसायीको प्रतिनिधि मण्डल यहाँको व्यापार तथानिकासी केन्द्रसँग छलफल गरी लगानीका क्षेत्रहरुको बारेमागहन छलफल भएको थियो । प्रतिनिधि मण्डलले रियो दि जेनेरियोका चेम्बर प्रतिनिधिलाई भेटेर लागनीकारोवारमा आप्mनो धारणा राख्ने जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस