अर्थ संसार, काठमाडौं– बंगलादेशको विख्यात फर्निचर ब्रान्ड हातिलले नेपाल प्रवेशको पहिलो वार्षिकोत्सवको अवसर पारेर प्रवद्र्धनात्मक अफर सार्वजनिक गरेको छ । अफर एक महिना चल्ने छ ।
सन् २०१७ को अप्रिल ३० मा अखिल ट्रेडिङ कन्सर्न प्राइभेट लिमिटेडसँगको साझेदारीमा नेपालमा हातिल ब्रान्ड फर्निचरको बिक्री सुरु भएको थियो । अखिल ट्रेडिङ नेपालका लागि हातिलको अधिकृत बिक्रेता हो ।
आधुनिक डिजाइन र अत्याधुनिक उत्पादन युनिटका कारण ख्याति कमाएको हातिलले नेपालमा पनि स्लिम र स्मार्ट फर्निचरमा छोटो अवधिमै नाम कमाइसकेको छ ।
वार्षिकोत्सव अफरको एक हिस्साको रुपमा हातिलले सबै प्रकारका फर्निचरमा २० प्रतिशतसम्म छुट घोषणा गरेको छ । यसबाहेक ग्राहकले बेडरुम सेट खरिदमा एउटा फेब्रिक स्ट्यान्ड सित्तैमा पाउने कम्पनीले जनाएको छ । तीन लाखभन्दा माथिको खरिदमा ग्राहकले एउटा गिफ्ट भौचर पाउने छन् ।
काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा हातिलको सोरुम छ । यो अफर १८ वैशाखदेखि १७ जेठसम्म लागू हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस