Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रो विकास बैंकको ७.३० प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

बुधबार, १९ बैशाख २०७५, ०९ : ०७ मा प्रकाशित

हाम्रो विकास बैंकको  ७.३० प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

अर्थ संसार, काठमाडौं – हाम्रो विकास बैकले प्रस्ताव गरेको बोनस र नगद लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन रहेको छ ।

बैकले ७ दशमलव ३० प्रतिशत बोनस सेयर र शून्य दशमलव ३८३ प्रतिशत नगद लाभांशको प्रस्ताव पारितका लागि वैशाख ३१ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ ।

सो सभा प्रयोजनका लागि बिहीवार बुक क्लोज गर्ने भएकाले पुराना सदस्यहरुले बुधवारसम्म सेयर कायम गर्नुपर्ने भएको हो भने नयाँले पनि सोही दिन सुरक्षित गर्नुपर्ने भएको हो ।

होटल सताञ्चुली, बिदुर–२, नुवाकोटमा बिहान ११ बजे शुरु हुने सभामा लाभांशको अलावा वार्षिक प्रगति प्रतिवेदनमाथि छलफल लगायत कार्यक्षेत्र विस्तार, सञ्चालकको निर्वाचन, मर्जर तथा एक्विजिशनका साथै पूँजी वृद्धि सम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यक्रम तय भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको