Like us!
Follow us!
Connect us!
Watch us!

इलाममा जनता बैंक

आइतबार, २३ बैशाख २०७५, १६ : १५ मा प्रकाशित

इलाममा जनता बैंक

अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेडले इलाममा शाखा विस्तार गरी सेवा सुरु गरेको छ । ईलाम नगरपालिकावडा नम्वर ०७ निकुञ्ज पथमा शाखा खोली सेवा सुरु गरेको हो ।

बैैकको यो १०८ औं शाखा हो । यस शाखाबाट पनि अन्य शाखाहरु माझै आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा रबैंकसुरेन्स सेवा लिन सकिने छ ।

ईलाम नगरपालिका तथा आसपासमा रहेका उद्यमी, व्यवसायी तथा सर्वसाधारणमा सहज बैंकिङ्ग सेवा पुर्याउने पहल स्वरुप स्थापना गरिएको बैंकले जनाएको छ ।

यस शाखाबाट ताप्लेजुङ शाखाका ग्राहकहरुका साथै यस पयर्टकीय क्षेत्रमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्न सक्नेछन् ।

यस सँगै जनता बैंक नेपाललिमिटेडको शाखा सञ्जाल १०८पुगेको छभने बैंकले ३३शाखा रहित बैंकिङ्ग, २सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सनकाउन्टर र ६९ एटिएमबाट सेवाप्रदानगरिरहेको  छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको