Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंक धमाधम यातायात समितिका बैंक खाता रोक्का गर्दै

आइतबार, २३ बैशाख २०७५, १८ : २९ मा प्रकाशित

राष्ट्र बैंक धमाधम यातायात समितिका बैंक खाता रोक्का गर्दै

अर्थ संसार, काठमाडौं– शुक्रबार  यातायात नचलाउने यातायात समितिको नाममा रहेको बैंक खाता नेपाल राष्ट्र बैंकले रोक्का गरेको छ ।

गृह मन्त्रालयको निर्णय र यातायात व्यवस्था विभागको  सिफारिस अनुसार  बैंकको खाता रोक्का गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले  बताउनुभयो ।

कुन कुन समितिको खाता रोक्का गरेको नखुलाएपनि खाता रोक्का गर्ने क्रम जारी भएकोले अझै खाता रोक्का गर्ने समितिको संख्या बढ्न सक्नेछ ।

सरकारले शुक्रबार नै सिन्डिकेट पक्षधर यातायात समितिको बैंक खाता रोक्ने निर्णय गरेको थियो । सरकारले अनुमति दिएको खण्डमा मात्रै रोक्का गरिएको बैंक खाता फुकुवा गर्न सकिने राष्ट्र बैंकका प्रवक्ता पौडेलले बताए । ‘सरकारले खाता फुकुवा गर्न निर्देशन दिएको खण्डमामात्रै खाता फुकुवा गर्न सकिन्छ’ उनले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको