Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावरले किन्यो मर्स्याङदीका ८८२ मेगावाटको २ आयोजना

सोमबार, २४ बैशाख २०७५, ११ : ५८ मा प्रकाशित

बुटवल पावरले किन्यो मर्स्याङदीका ८८२ मेगावाटको २ आयोजना

अर्थ संसार, काठमाडा– बुटवल पावर कम्पनी र एससीआइजी इन्टरनेसनल हाइड्रो जोइन्ट डेभलपमेन्ट कम्पनी मिलेर जीएमआर इनर्जीको स्वामित्वमा रहेको हिमतात हाइड्रोपावर कम्पनी खरिद गरेका हुन् ।

बुटवल पावर कम्पनीले ६०० मेगावाटको अपर मस्र्याङ्दी–२ आयोजना निर्माणका लागि हिमताल हाइड्रोपावर कम्पनी खरिद गरेको कम्पनीले जनाएको छ ।

वैशाख २१ गते हिमतालको सबै सेयर खरिद गर्ने सम्झौता भएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले जनाएको छ।  
 नेप्सेका अनुसार  बुटवल पावरले ३ वटा चिनियाँ कम्पनी सिचुवान इन्भेष्टमेन्ट ग्रुप, छेङ्दु सिङ्चेन्ड इन्भेष्टमेन्ट ग्रुप र क्विङवान इन्जिनियरिङ कन्सल्टेन्सीसँग साझेदार गरी एससीआइजी इन्टरनेसनल स्थापना गरेको हो ।

नयाँ आयोजना निर्माण कम्पनीमा बुटवलको १९.४५ सेयर स्वामित्व रहनेछ भने बाँकी स्वामित्व ३ चिनियाँ कम्पनीको हुनेछ । यसैगरी, बुटवल पावरले मस्र्याङ्दी नदीमै अर्को २८२ मेगावाटको मर्स्याङदी जलविद्युत आयोजना पनि चिनियाँ कम्पनीसँग मिलेर निर्माण गर्ने भएको छ ।

यसका लागि मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनी र यसको विदेशी सेयरधनी राजरत्न इनर्जी होल्डिङ्ससँग सेयर खरिद बिक्री सम्झौता चैत १२ गते सम्झौता भइसकेको बुटवल पावरले जनाएको छ ।

5aeff087ebc6c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको