Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंक धनुषाको जनकपुरमा

मंगलबार, २५ बैशाख २०७५, १० : ३७ मा प्रकाशित

मुक्तिनाथ विकास बैंक धनुषाको जनकपुरमा

अर्थ संसार, जनकपुर– मुक्तिनाथ विकास बैक लिमिटेडले जनकपुर उप–महानगरपालिका वडा नं. २, भानुचोकमा आफ्नो ७७ औं शाखा विस्तार गरेको छ । सोमबार नेपाल राष्ट्र बैंक जनकपुरका प्रमुख नरेश शाक्यले उक्त शाखा कार्यालयको समुद्घाटन गर्नुभयो ।

शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि शाक्यले मुक्तिनाथ विकास बैंकले जनकपुर क्षेत्रमा रहेका ग्रामीण तथा शहरी भेगका जनताहरुमा समावेशी वित्तीय पहुँच पुर्याउँदै ग्राहक मैत्री  सेवा सुविधा प्रदान गर्ने कुरामा विस्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा रहनु भएका प्रदेश नं. २ का प्रदेश सभा सदस्य राम आशिष यादवले उत्पादनशील क्षेत्रमा वित्तीय सेवा विस्तार गर्न सुझाव दिंदै यसको समावेशी वित्तीय मोडल नेपाल कै नमूनाको रुपमा रहेकोे बताउनु भएको थियो ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बैंकका मानव संसाधन विभाग प्रमुख श्री शर्मिला लम्सालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका सभापति एवं बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो । सो क्रममा उहाँले मुक्तिनाथ विकास बैंकले आफ्ना समकक्षी विकास बैंकहरु मध्ये प्रगतिका प्रमुख १० वटा सूचकहरु मध्ये ६ वटा सूचकहरुमा सबै भन्दा अब्बल रहेको जानकारी गराउनु भएको थियो । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहूँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताउनु भयो ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको