अर्थ संसार, काठमाडौं- सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जि.एम.इ रेमिट्े रेमिट्यान्स सम्झौता भएको छ ।
बैशाख १३ गते भएको सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट जि.एम.इ रेमिट्बाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।
उक्त सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत दिपेश प्रधानर जि.एम.इ रेमिट्का प्रबन्ध निर्देशक दिबाकर पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस