अर्थ संसार, अर्थ संसार, काठमाडौँ - सरकारले चार हजार १३८ मेगावाट क्षमताका जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता गरेको छ ।
सरकारले मंगलबार सार्वजनिक गरेको श्वेतपत्रमा २०७४ को अन्त्यसम्ममा निजी क्षेत्रका विद्युत प्रवद्र्धक कम्पनीहरू र नेपाल विद्युत प्राधिकरण बीच विद्युत् खरिद सम्झौता भएको जनाएको छ ।
त्यस्तो सम्झौता भएका आयोजना २४४ रहेका छन् ।
जसमध्ये कूल जडित क्षमता ५११ मे.वा. बराबरका ७३ वटा आयोजनाहरूबाट व्यापारिक उत्पादन शुरु भई राष्ट्रिय विद्युत प्रशारण प्रणालीमा आबद्ध भइसकेका छन् ।
जडित क्षमता दुई हजार ३२३ मेगावाट बराबरका १०४ वटा आयोजनाहरूको वित्तीय व्यवस्था भई निर्माणाधीन अवस्थामा रहेका छन् ।
यस्तै जडित क्षमता एक हजार ३०३ मेगावाट बराबरका ५७ वटा आयोजनाहरू निर्माणका विभिन्न चरणमा छन् । तर सरकार आफैले प्रतिस्पर्धाका आधारमा निर्माण अगाडि बढाउन भनेका सौर्य परियोजनाको सम्झौता नगरेर व्यवसायीलाई मर्कामा पारेका छ ।
त्यसमा अपि पावर कम्पनी लगायतले लगानी गर्ने तयारी गरेका सौर्य परियोजना रहेका छन् ।
सरकारले ऊर्जा मिश्रणको अवधारणा अगाडि सारेपनि सौर्य परियोजनाका आयोजनामा विद्युत् खरिद सम्झौता नगरेर व्यवसायीलाई दुःख दिएको छ । सौर्य ऊर्जा उद्यमीले तत्काल सम्झौता गर्न माग गरका छन् । सरकारले उनीहरुको माग सम्बोधन नगरे अदालतको ढोका ढक्ढक्याउने समेत तयारी गरेको बुझिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस