Like us!
Follow us!
Connect us!
Watch us!

महिलालाई स्वदेशमै रोजगारी

बुधबार, २६ बैशाख २०७५, १५ : ५२ मा प्रकाशित

महिलालाई स्वदेशमै रोजगारी

अर्थ संसार, विराटनगर– सम्मानित र मर्यादित किसिमले महिलालाई घरेलु कामदारको रुपमा स्वदेशमै रोजगारी उपलब्ध गराउने गृहकार्य शुरु भएको छ । 

प्रदेशमा रहेका महिलालाई विदेशमा रोजगारीका लागि नारकीय जीवन बिताउनुको सट्टा स्वदेशमै बसेर सम्मानित र मर्यादित रोजगारी उपलब्ध गराउने उद्देश्यले विराटनगर–२ स्थित सुलभ समाधान प्रालिले गृहकार्य शुरु गरेको हो । 

सुलभ समाधान प्रालिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न १६ वटा कामका लागि प्रशिक्षित घरेलु महिला कामदार उपलब्ध गराउने जानकारी दिइयो । 

न्यूनतम शुल्कमा मासिक तथा दैनिक रुपमा हाउस मेड, भान्साको कार्य र अन्य सेवा प्रवाहका लागि दक्ष एवम् प्रशिक्षित कामदार उपलब्ध गराउने सो संस्थाका अध्यक्ष तेजराज कोइरालाले बताउनुभयो । 

भान्सा, चियानास्ता, खाना बनाउने, घरेलु शिक्षक, स्वास्थ्यसेविका, अस्पतालमा बिरामी कुरुवा, कार्यालय सहयोगी, विद्यालय, धर्मशाला, देवायल, अस्पताल सफा कार्य गर्ने, महिला चालक, शिशु कक्षाका विद्यार्थी अध्यापन, महिला चौकीदार आदि कार्यका दक्ष कामदार उपलब्ध गराउने संस्थाले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको