Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज क्यापिटलले सुरुवात गर्यो लगानी व्यवस्थापन सेवा

बुधबार, २६ बैशाख २०७५, १७ : ३७ मा प्रकाशित

सनराइज क्यापिटलले सुरुवात गर्यो लगानी व्यवस्थापन सेवा

अर्थ संसार, काठमाडौं– सनराइज बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेडले सनराइज लगानी व्यवस्थापन सेवा उपलब्ध सरु गरेको छ ।

  नेपाल धितोपत्र बोर्डद्धरा आयोजित प्रथम पुंजीबजार प्रदर्शनी २०७५ को अवसरमा सनराइज बैंकका प्रमूख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य तथा सनराइज क्यापिटल लिमिटेडका संचालकहरुको उपस्थितिमा एक समारोह बिच सो सेवा शूभारम्भ गरिएको हो ।

सनराइज क्यापिटलले  लगानी व्यवस्था सेवा अन्तरर्गत  डिस्क्रीस्नरी नन्  डिस्क्रीस्नरी  र कस्टोडियल सेवा उपलब्ध गराउने भएको छ ।

सनराइज क्यापिटलको लगानी व्यवस्थापनको व्यवसायमा लामो समयदेखि अनूभव भएका दक्षजनशक्तिको समुहले शेयर बजारको शुक्ष्म अध्ययन तथा विषयमा सुचिकृत कम्पनीहरुका विष्लेशन गरी लगानीमार्फत उत्तम प्रतिफल दिने योजना रहेको छ ।

ग्राहकको बचतलाई लगानी गरी उच्चतम् प्रतिफलको लागि कम्पनी सधैं तत्पर रहने क्यापिटलले जनाईएको छ ।

5af2e54bc6d76.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको