Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंक मोरङ्गको विराटनगरमा

बुधबार, २६ बैशाख २०७५, १८ : ०५ मा प्रकाशित

मुक्तिनाथ विकास बैंक मोरङ्गको विराटनगरमा

अर्थ संसार, मोरङ्ग मुक्तिनाथ विकास बैंक लिमिटेडले विराटनगर महानगरपालिका वडा नं. ७, मेनरोड जलजला चोकमा आफ्नो ७८ औं शाखा विस्तार गरेको छ ।  नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्र कुमार खड्काले आज उक्त शाखा कार्यालयको समुद्घाटन गर्नुभयो ।

शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि खड्काले मुक्तिनाथ विकास बैंकले पुर्वाञ्चलमा शाखा विस्तार गरेकोमा हर्सित महसुस भएको जानकारी गराउनु भयो । उहाँले बैंकले नेपाल राज्यभर ग्राहक मैत्री सेवा सुविधा प्रदान गर्ने कुरामा आफु विस्वस्त रहेको बताउनु भयो । साथै प्रदेश नं. १ मा रहेका ग्रामिण तथा शहरी सम्भावित बजार क्षेत्रमा पनि अन्य शाखाहरु बिस्तार गरी यस बैंकले अवलम्बन गरेका उद्देश्य पुरा गर्न सफल बनोस् भन्ने शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा विशेष अतिथि एवं बैंकका ब्राण्ड एम्बास्डर सिताराम कट्टेल(धुर्मुश) र कुञ्जना घिमिरे(सुन्तली) ले मुक्तिनाथ विकास बैंक बैंकिङ्ग कारोबारसंग मात्र आवद्ध नभई सामाजिक उत्तरदायित्वमा पनि संगसंगै अगाडि बढेको बैंक भएकोले सम्पूर्ण नगरवासीलाई बैंकसँग आवद्ध हुन आव्हान गर्नु भयो ।
कार्यक्रममा विराट व्यापार संघका अध्यक्ष शिव रिजाल तथा लायन्स डिष्ट्रीक्ट ३२५ ए १ का गभर्नर लिला ढुंगेल लगायतको उपस्थिति रहेको थियो ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बैंकका मानव संसाधन विभाग प्रमुख शर्मिला लम्सालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका सभापति एवं बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो ।

सो क्रममा उहाँले मुक्तिनाथ विकास बैंकले आफ्ना समकक्षी विकास बैंकहरु मध्ये प्रगतिका प्रमुख १० वटा सूचकहरु मध्ये ६ वटा सूचकहरुमा सबै भन्दा अब्बल रहेको जानकारी गराउनु भएको थियो । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहूँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताउनु भयो ।

5af2e9c6a1cc1.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको