Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे लघुवित्तको नाफामा पहिरो

विहीबार, २७ बैशाख २०७५, १३ : ०९ मा प्रकाशित

नेरुडे लघुवित्तको  नाफामा  पहिरो

अर्थ संसार, काठमाडौं– चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणमा  नेरुडे लघुवित्त विकास बैंकको   गत वर्षको तुलनामा गिरावट  भएको छ ।

गत वर्ष ७ करोड ८५ लाख खुद नाफा आर्जन गरेको वित्तीय संस्थाले यस वर्ष ३ करोड ७२ लाख मात्र नाफा आर्जन गर्न सकेको हो ।

  गत वर्ष २६ करोड ३५ लाख खुद ब्याज आम्दानी गरेकोे संस्थाले यस वर्ष २२  करोड ५८ लाख मात्र खुद ब्याज आम्दानी गर्न सकेको हो । यो गत वर्षको भन्दा करीव १६ दशमवलव ६९ प्रतिशतले कम हो ।

यसैगरी यस वर्ष संस्थाको खुद सञ्चालन मुनाफामा भने उच्च गिरावट देखिएको छ । गत वर्ष १२ करोड ३४ लाख सञ्चालन मुनाफा आर्जन गरेको संस्थाले यस वर्ष ५ करोड ८६ लाख मात्र सञ्चालन मुनाफा आर्जन गर्न सकेको छ । यो गत वषको भन्दा १ सय १० दशमलव ६ प्रतिशतले कम हो ।

समीक्षा अवधिसम्म संस्थाले ३ अर्ब ७५ करोड कर्जा परिचालन गरेको छ भने १ अर्ब ४० करोड निक्षेप संकलन गरेको छ । यी दुवै सूचकमा संस्थाले यसवर्ष क्रमशः २० र २६ दशमलव ७ प्रतिशतले वृद्धि गरेको हो । तर यसले कम्पनीको नाफा बढाउन सकेको देखिँदैन ।  

गत वर्ष शून्य दशमलव ८३ प्रतिशत खराब कर्जा रहेको संस्थाको सो सूचक यस वर्ष केही वृद्धि भई १ दशमलव ५६ प्रतिशतमा पुगेको छ । वित्तीय संस्थामा कम खराब कर्जा रहेको राम्रो हो ।

गत वर्ष २१ करोड ६० लाख चुक्ता पूँजी रहेको संस्थाले यस वर्ष सो पूजीँ वृद्धि गरी ३० करोड ६० लाख पुर्याएको छ भने २६ करोड २७ लाख जगेडा कोषमा रकम रहेको छ । प्रतिशेयर आम्दानी १६ दशमलव २५ रुपैयाँ कायम भएको संस्थाको प्रतिशेयर नेटवर्थ १ सय ८५ दशमलव ८८ रुपैयाँ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको