Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफ र गण्डकी विकास बैंक विच बैंकास्योरेन्स

विहीबार, २७ बैशाख २०७५, १६ : ५५ मा प्रकाशित

नेशनल लाईफ र गण्डकी विकास बैंक विच बैंकास्योरेन्स

अर्थ संसार, काठमाडौ - नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गण्डकी विकास बैंक लिमिटेडपबिच  आज  बैंकास्योरेन्स  सम्झौता  भएको छ ।

उक्त सम्झौता पत्रमा नेशनल लाईफ इन्स्योरेन्सको तर्फवाट प्रमुख कार्यकारी अधिकृत भरत वस्नेत र गण्डकी विकास बैंकका तर्फवाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता अनुसार उक्त बैंकका सम्पूर्ण शाखाहरु मार्फत नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका सबै बीमालेखहरु खरीद गर्न सकिने ब्यवस्था गरिएको छ साथै अन्य आवश्यक जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु उपलब्ध हुनेछन् ।

सो हस्ताक्षर समारोहमा दुबै प्रमुख कार्यकारी अधिकृतहरुले यसवाट सर्वसाधारणको बीमा सेवाको पहुचमा बृद्धि गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको