Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंक र प्रभुु लाइफ ईन्स्योरेन्स बिच बैकास्योरेन्स सम्झौता

शुक्रबार, २८ बैशाख २०७५, ०८ : ०८ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंक र प्रभुु लाइफ ईन्स्योरेन्स  बिच बैकास्योरेन्स सम्झौता

अर्थ संसार, काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्रभुु लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बिच बैकास्योरेन्स सम्झौता भएको छ । 

बैंक र उक्त ईन्स्योरेन्स कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल र ईन्स्योरेन्स कम्पनीको तर्फबाट उक्त कम्पनीका प्रमुुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले हस्ताक्षर गर्नुु भएको हो ।

यस सांग्रिला डेभलपमेन्ट बैंक समेत आवद्ध रहेको उक्त ईन्स्योरेन्स कम्पनीबाट सम्झौता अनुुसार यस बैंकका कर्मचारी, शेयरधनी समुुह र ग्राहकहरुले बैंकको जुुन सुुकै शाखाबाट प्रभुु लाइफ ईन्स्योरेन्स कम्पनी लि.ले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पूूर्ण सेवा सहज र सरल रुपले लिन सक्ने छन ।

यसरी बैंकले आफ्ना सबै शाखाहरुबाट बैंकि¨ सेवाको अतिरीक्त उक्त लाईफ ईन्स्योरेन्सले प्रदान गर्ने विविध प्रोडक्टहरुलाई यथाशिघ्र सेवामा विविधिकरण गर्दै बीमा सम्बन्धी सेवा पनि प्रदान गर्न लागेको विज्ञप्तीमा उल्लेख छ ।

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको