अर्थ संसार, काठमाडौं – नेपालको विद्युत् क्षेत्रमा उल्लेख्य लगानी गर्ने हो भने वार्षिक रु एक खर्ब बराबरको व्यापार घााटा कम गर्न सकनिे बताइएको छ ।
हाल देशको बजेट बराबर नै व्यापार घाट भइरहेको सन्दर्भमा उक्त घाटा घटाउने एक मात्र उपायको रुपमा विद्युत् नै भएकोमा जोड दिइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले व्यापार घाटा कम गर्ने उपायको रुमपा जलविद्युत् नै भएकाले त्यसमा जोड दिनुपर्ने बताएका छन् ।
। उहाँका अनुसार देश ऊर्जामा आत्मनिर्भर भयो भने करिब १ खर्ब रुपैयाँ व्यापार घाटा कम हुने बताए ।
त्यसको सकारात्मक प्रभाव सम्पुर्ण क्षेत्रमा पर्ने र राष्ट्रले ९.२५ अंकको आर्थिक बृद्धि हाँशिल गर्ने महत्वाकांक्षा पुरा हुने उहाँले जानकारी दिए ।
नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको ‘ऊर्जा क्षेत्रको वर्तमान अवस्था र चुनौती’ बिषयक कार्यक्रममा उनले आर्थिक समद्धिको लागि उर्जा र सिचाई मुलुकको मेरुदण्ड भएको बताउनुभयो ।
ऊर्जा र सिचाईको विकासमा अहिलेको सयमलाई सुनौलो युगमा परिवर्तन गर्न सकिने उनको बुझाइ छ । यो सरकार स्थायी भएकोले पनि आत्मनिर्भरता प्राप्त हुने उल्लेख गर्नुभयो ।
ऊर्जामा आत्मनिर्भर बनाउन निजी क्षेत्रले साथ दिनुपर्ने मन्त्री पुनको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले निजी क्षेत्रलाई साथमा लिएर जानुपर्नेमा जोड दिनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस