Like us!
Follow us!
Connect us!
Watch us!

स्मरण शक्तिको अभिवृद्धि तथा प्रशिक्षण कार्यक्रम

शुक्रबार, २८ बैशाख २०७५, १२ : ५६ मा प्रकाशित

स्मरण शक्तिको अभिवृद्धि तथा प्रशिक्षण कार्यक्रम

अर्थ संसार- विद्यार्थीमा स्मरण शक्तिको विकास गराउने उद्देश्यले जुम्ला तिला गाउँपालिका–३ स्थित सरस्वती मावि कुडारीमा “स्मरण शक्तिको अभिवृद्धि तथा प्रशिक्षण कार्यक्रम”को आयोजना गरिएको छ । 

तिला गाउँपालिका जुम्लाद्वारा आयोजित उक्त दुईदिने प्रशिक्षण कार्यक्रममा ‘तीक्ष्ण स्मरण शक्तिका राजा’ भनेर चिनिने ‘गिनिज बुक अफ वल्र्ड रेकर्डर्स’का युवा अर्पण शर्माले प्रशिक्षण दिएको सो गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले जानकारी दिनुभयो । 

“युवा शर्माले तिला गाउँपालिकाका २७ विद्यालयमा अध्ययनरत तीन हजार विद्यार्थीलाई एकै थलोमा राखेर प्रशिक्षण दिँदा त्यहाँका ७० प्रतिशत विद्यार्थीमा सकारात्मक प्रभाव परेको छ”, उहाँले भन्नुभयो, “ प्रशिक्षणमा पढेका कुरालाई स्मरण शक्तिमा राख्न फोटो बनाउनुपर्ने, कण्ठभन्दा बुझेर पढ्न र सरल तरिकाबाट पढेको कुरा दिमागमा लिने कुरा अभ्यासमार्फत सिकाइएको छ ।” 

सो अवसरमा तिला गाउँपालिका–४ जुम्ला नुवाकोट गाउँका अभिभावक यज्ञप्रसाद उपाध्यायले शर्माको प्रशिक्षण बालबालिकाका लागि मात्र नभई शिक्षक र अभिभावकलाई पनि लाभदायक भएको बताउनुभयो । यसअघि शर्माले सुर्खेतको सिम्ता गाउँपालिकामा पुगेर त्यहाँका बालबालिकालाई प्रशिक्षण दिइसकेको सो गाउँपालिकाका अध्यक्ष कवीन्द्र केसीले जानकारी दिनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको