Like us!
Follow us!
Connect us!
Watch us!

नम्वर वान कम्पनी युनिलिभरको नाफामा गिरावट

शुक्रबार, २८ बैशाख २०७५, १३ : ०३ मा प्रकाशित

नम्वर वान कम्पनी युनिलिभरको नाफामा गिरावट

अर्थ संसार, काठमाडौं– दोस्रो बजारमा नम्वर वान कम्पनी युनिलिभर नेपाला लिमिटेडको त्रैमासिक नाफामा गिरावट आएको छ ।

कम्पनीले चालू आर्थिक वर्षको पहिलो तेस्रो त्रैमाससम्मा  २५ करोड १९ लाख खुद नाफा आर्जन गरकेो छ । सोही अवधिमा गत वर्ष कम्पनीले ३२ करोड २ लाख नाफा आर्जन गरको थियो  । गत वर्षको तुलामा यस वर्ष नाफामा २१.३३ प्रतिशतले कमी आएको देखिएको छ ।

कम्पनीको संचालन आम्दानीमा कमी आएर १ अर्ब २३ करोड मा सीमित भएका कारण नाफामा यसको असर परेको हो । गत वर्ष कम्पनीले १ अर्ब ४२ करोड सञ्चालन आम्दानी गरेकोे थियो ।

तर कम्पनीले यस वर्ष खर्च कटौती गरेको देखिएको छ । गत वर्ष १ अर्ब रहेको कूल खर्च यस वर्ष २० करोड ६९ लाखमा सीमित भएको छ ।

समीक्षा अवधिसम्ममा कम्पनीको जगेडा कोषमा भने १ अर्ब ६८ करोडबाट कमी आएर १ अर्ब ५१ करोडमा सीमित भएको छ । गत वर्ष कम्पनीले प्रतिकित्ता १ हजार २ सय ७० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।

गत वर्ष ४ सय ६३ दशमलव ५५ रुपैया कायम भएको कम्पनीको प्रतिशेयर आम्दानीमा कमी आएर ३ सय ६४ दशमलव ६७ रुपैयाँ कायम भएको छ । गत वर्ष १ हजार ८ सय २२ रहेको प्रतिशेयर नेटवर्थमा कमी आएर १ हजार ६ सय ५० कायम भएको छ । अहिले दोस्रो बजारमा प्रतिकित्ता २६ हजारको हारहारीमा सेयर विक्री भैरहेको नेप्सले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको