अर्थ संसार, काठमाडौं– चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले ७२ लाख १८ हजार नाफा कमाएको छ ।
यो गत आ.व.को सोही अवधिको तुलनामा ३२ प्रतिशत बढी हो । कम्पनीको विद्युत् विक्री र अन्य स्रोतबाट भएको आम्दानी १० प्रतिशत बढेकाले नाफामा सुधार आएको कम्पनीले जनाएको छ ।
हाल कम्पनीको चुक्तापूँजी ५० करोड १० लाख छ । रिजर्भ कोषमा ३ करोड ३६ लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी ५.७६, मुल्य, आम्दानी अनूपात ९१.६ र प्रतिशेयर नेटवर्थ रु. १ सय ६.७२ छ । निकट भविष्यमा नयाँ जलविद्युत् आयोजना बनाउने पूर्वतयारी भएको कम्पनीको वित्तिय विवरणमा उल्लेख छ ।
कम्पनीको यही वैशाख ३१ गतेदेखि साधारण शेयर (आइपिओ) निश्कासन हुँदैछ । वैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म साधारण शेयरमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले रु ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो। उक्त कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइबीएलएस क्यापिटल लिमिटेड रहेको छ।
रैराङ जलविद्युत् आयोजनाले धादिङको रैराङ खोलामा जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ भने इवाखोला जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस