Like us!
Follow us!
Connect us!
Watch us!
मेलामा १५ प्रतिशत छुटको ब्यवस्था

जुत्ताचप्पलको १३ औंराष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु

मंगलबार, ०५ पुस २०७३, १२ : ५७ मा प्रकाशित

जुत्ताचप्पलको १३ औंराष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु

अर्थ संसार
काठमाडौं–फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी मंगलबारदेखि हुने भएको छ ।‘आत्मनिर्भरताको आधार स्वदेशी बस्तुको प्रयोग’ भन्ने नाराका साथ सुरु भएको मेला पुस ११ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुने छ ।

यस पटक पनि मेलामा कपडा तथा सिलाई व्यवसायी संघको सहभागिता छ । एउटै छानामुनी स्वदेशी वुट र स्वदेशी सुटको प्रर्दशनी छ । प्रदर्शनीमा जुत्ता चप्पल उद्योग र नेपाल कपडा तथा सिलाई व्यवसायी गरि करिव १ सय २५ वटा स्टल रहेको छ । तिनमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्ट्स तथा लेडिज स्याण्डल एवं सर्ट पाइन्ट तथा सुटका कपडा, प्राकृतिक रेसाबाट बनेका कपडा तथा फुड स्टलहरु रहेका छन् । 

जुत्ता–चप्पल तथा छालाजन्य वस्तुहरु उत्पादनमा प्रयोग गरिने सहायक कच्चा पदार्थका उत्पादनसमेत प्रदर्शनीमा राखिएका छन् ।  उपभोक्ताले प्रदर्शनी अवधिभर जुत्ता चप्पल र बस्तुहरुमा १५ प्रतिशतसम्म छुट पाउने छन् । सर्ट, पाइन्ट तथा सुटका कपडा, प्राकृतिक रेसाबाट बनेका कपडामा समेत बिशेष छुट दिइने जनाइएको छ । 
 

यो पनि पढ्नुहोस्

रेनोे क्विड तथा डस्टरमा न्यूनतम मासिक किस्ताबन्दी योजना

सगरमाथा इन्स्योरेन्सले पुस २७ गते साधारणसभा गर्ने, २२ प्रतिशत बोसनको प्रस्ताव लैजाँदै

जनता बैंकले ५ दिन थप्यो हकप्रद भर्ने म्याद

चन्द माओवादीको चन्दा आतंक

म पनि सहयोगको अपेक्षा राख्दै पत्र लेखुँ कि ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको