Like us!
Follow us!
Connect us!
Watch us!

ओखलढुंगामा मुक्तिनाथको तेश्रो शाखा मानेभञ्ज्याङ्गमा

शुक्रबार, २८ बैशाख २०७५, २० : ४३ मा प्रकाशित

ओखलढुंगामा मुक्तिनाथको तेश्रो शाखा मानेभञ्ज्याङ्गमा

अर्थ संसार, ओखलढुंगा -मुक्तिनाथ विकास बैंक लिमिटेडले मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं.५, मानेभञ्ज्याङ्ग मा आफ्नो ८० औं शाखा शुक्रबार  विस्तार गरेको छ । मानेभञ्ज्याङ्ग गाउँपालिका अध्यक्ष मोती राज राईले उक्त शाखा कार्यालयको समुद्घाटन गर्नुभयो ।

शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि  राईले नेपाली समाज सुहाउँदो वित्तीय सेवाहरु प्रदान गर्दै आएको बैंक मानेभञ्ज्याङ्गमा आउनु भनेको स्थानीय जनताको लागि निकै खुसीको विषय भएको बताउनु भयो ।

यस विकास बैंकको लघुवित्त सेवा सहित यस क्षेत्रमा आउँदा बैंकको नारा “जनता बैंकमा होइन बैंक जनतामा जानु पर्दछ”  भन्ने मर्मलाई प्रमाणित गरेको बताउनु भयो ।

साथै कार्यक्रमका सभापति एवं बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको उद्देश्य माथि प्रकाश पार्नु हुँदै बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो । सो क्रममा उहाँले मुक्तिनाथ विकास बैंक ग्राहकहरुको आवश्यकता र चाहना अनुरुपको वित्तीय सेवा प्रदान गर्नको लागि ग्राहकहरुलाई सहज पु¥याउन घरदैलो मै सेवा प्रदान गरिरहेको बताउनु भयो ।

कृषिमा व्यवसायिक सुधार गर्दै ग्रामीण भेगका जनताको आर्थिक तथा समाजिक स्तर उकास्नको लागि बैंक हरपल तत्पर रहेको बताउनु भयो । साथै मानेभञ्ज्याङ्ग क्षेत्रमा स–साना बचतकर्ता तथा उद्यमीलाई आर्थिक उन्नतिमा सहयोग गर्न बैंक तत्पर रहेकोले सहकार्य गर्न स्थानीयको पनि सहयोग रहेको बताउनु भयो ।

आर्थिक वर्ष २०७४÷७५ को तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी रु. २ अर्ब ५९ करोड, कुल निक्षेप रु. २४ अर्ब ५५ करोड कुल लगानी रु. २१ अर्ब ९९ करोड गर्दै संचालन मुनाफामा रु. ४२ करोड ७५ लाख खुद नाफा गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको