Like us!
Follow us!
Connect us!
Watch us!

प्यूठान बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २५ घाइते

आइतबार, ३० बैशाख २०७५, ०८ : १८ मा प्रकाशित

प्यूठान बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २५ घाइते

अर्थ संसार, प्यूठान - भलुबाङ–प्यूठान सडक अन्तरगत प्यूठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट प्यूठानतर्फ आइरहेको माहाकाली यातायातको ना ४ ख ८१७६ नम्बरको बस आइतबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो।

बसमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको अझै सनाखत हुनसकेको छैन। गम्भिर घाइते पाँच जनालाई बुटवल २ जनालाई नेपालगञ्ज उपचारको लागि पठाइएको छ।

१८ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी राजेन्द्र पोख्रेलले बताए। स्थानीय, प्रहरी, सशस्त्र प्रहरी बलको टोली पुगेर उद्धार गरेको थियो।

मृतकको शव जिल्ला अस्पताल ल्याइदै गरेको प्रहरीले जनाएकोछ। बस सडकबाट झण्डै दुई सय मिटर तल खसेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको