Like us!
Follow us!
Connect us!
Watch us!

इनर्जी बैंक बनाउन प्रस्ताव

आइतबार, ३० बैशाख २०७५, १४ : ४७ मा प्रकाशित

इनर्जी बैंक बनाउन प्रस्ताव

अर्थ संसार, काठमाडौं– दुई देशबीच भएका १९५० लगायत सन्धिसम्झौता पुनरवलोकन गर्ने वा के गर्ने भन्ने सन्दर्भमा नेपाल–भारत प्रबुद्ध समूहबाट भइरहेको कार्यप्रति सन्तोष व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त सन्धि एउटा मुलुकको प्रधानमन्त्री र अर्को मुलुकको राजदूतले हस्ताक्षर गर्नु नै असमान रहेको टिप्पणी गर्नुभयो ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन गर्ने सन्दर्भमा त्यस क्षेत्रमा आवश्यकतानुसारका सडक र पुल निर्माण गर्न नेपालले गरेको प्रस्तावलाई भारतले सकारात्मक रुपमा लिएको बताउँदै प्रधानमन्त्री ओलीले विद्युत्को उपयोगलाई व्यवस्थित तुल्याउन इनर्जी बैंक बनाउन प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

विराटनगर र भैरहवामा एकीकृत जाँचचौकी निर्माण छिट्टै गर्ने सम्बन्धमा अनौपचारिक सहमति भएको जानकारी दिँदै उहाँले ग्यास बुलेट, फर्मास्युटिकल्सको समस्या पनि छिटो समाधान होस् भन्ने चाहेको बताउनुभयो ।

नेपालको बैंकिङ प्रणालीमा रहेको भारतीय नोटका विषयमा भारतीय पक्षबाट खास जवाफ आइनसकेको बताउँदै प्रधानमन्त्री ओलीले पारवहन सुविधाका लागि थप बन्दरगाह दिन आग्रह गरिएको तथा जलमार्ग र रेलमार्गका बारेमा पनि पत्राचार भएको बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको