Like us!
Follow us!
Connect us!
Watch us!

पहिरोले रोक्यो चीन जोड्ने एक मात्र नाका, हजारौ सवारी साधन अलपत्र

सोमबार, ३१ बैशाख २०७५, ११ : ०३ मा प्रकाशित

पहिरोले रोक्यो चीन जोड्ने एक मात्र नाका, हजारौ सवारी साधन अलपत्र

अर्थ संसार, काठमाडौँ – सुक्खा पहिरोका कारणस्याफ्रु–रसुवागढी राजमार्ग बन्द भएको छ । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार गोसाइँकुण्ड गाउँपालिका स्याफ्रुबेँसीस्थित स्वास्थ्य चौकी नजिकको सडकमा पहिरो जाँदा नेपाल–चीनबीचको यो व्यापारिक मार्ग बन्द भएको हो ।

प्रजिअ कृष्ण पौडेलको नेतृत्वमा अहिले जिल्लास्तरीय टोलीले सडक खुलाउने प्रयास जारी राखेको प्रहरी प्रमुख थापा क्षेत्रीले बताए ।

साँघुरो सडक क्षेत्रमा ट्राफिक समस्या बढ्ने भएकाले केरुङबाट मालवस्तु लिएर आएका ट्रकलाई टिमुरेमा र मालवस्तु लिन केरुङ जाने सवारीसाधनलाई बेत्रावतीमा रोकी राखिएको छ । पहिरोका कारण हजारौ सवारी साधन सडकमा नै रोकिएका छन् ।राजमार्ग अवरुद्ध भएपछि आवागमनमा समेत समस्या भएको  बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको