अर्थ संसार, काठमाडौँ – सगरमाथासँगै अन्नपूर्ण (८०९१ मिटर) हिमालको पनि सफल आरोहण भएको छ । दक्षीण कोरियाली नागरिक हाेंगविन किमको समूहले आज विहान ११ः३० बजे अन्नपूर्ण हिमालको सफल आरोहण गरेको छ ।
किमका साथमा चारजना शेर्पा पनि सँगै अन्नपूर्णको चुचुरोमा पुगेका छन् । पिछुम्बी शेर्पा, ग्याल्जे शेर्पा, छिरिङ शेर्पा र निमा तेञ्जी शेर्पा अन्नपूर्ण आरोहणमा सफल भएका हुन् ।
यो मौसममा एकमात्र आरोहण दलले अन्नपूर्ण हिमाल आरोहणका लागि अनुमति लिएको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । अन्नपूर्ण हिमाल आरोहणका हिसाबले असाध्यै गाह्रो मानिन्छ ।
पर्यटन विभागका अनुसार यो वर्ष सगरमाथा आरोहणका लागि ३८ वटा आरोहण समूह (टिम) का ३६४ आरोही गन्तब्यतर्फ लागेका छन् । यसमध्ये चार समूहका २० जना नेपाली छन् ।
अघिल्लो वर्षको वसन्त ऋतुमा ४३ वटा समूहका ३६६ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । सन् २०१६ मा ३८ वटा समूहका ३०० भन्दाबढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस