Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकले कारोबार सुरु गर्यो सप्तरीको रुपनीबाट

सोमबार, ३१ बैशाख २०७५, १९ : १४ मा प्रकाशित

जनता बैंकले   कारोबार सुरु गर्यो सप्तरीको रुपनीबाट

अर्थ संसार, काठमाडौं– शाखा विस्तारको क्रमलाई निरन्तरता दिदै जनता बैंक नेपाल लिमिटेडको आजदेखि रुपनी शाखाबाट कारोवार शुभारम्भ गरिएको छ ।

सप्तरी जिल्लाको रुपनी गाउँपालिका वडा नं. १ मा रहेको यस शाखा नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीयतहमा बैंक शाखा स्थापना गर्ने नीति अनुसार खोलिएको हो ।

सप्तरी जिल्लाको ग्रामिण क्षेत्रका साविकका ६गा.वि.स. समेटिएर बनेको रुपनी गाउँपालिकाको समेत कारोवार गर्ने यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाहगर्न विश्वास बैंकले लिएको छ । 

साथै यस क्षेत्रका उद्यमी व्यवसायी तथा सर्वसाधारणहरुले यस शाखाबाटआधुनिक बैंकिङ सुबिधालिई जिबनस्तर सहजबनाउन सक्नेछन् भन्ने बैंकले अपेक्षा लिएको छ ।

यस सँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल ११० पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको