Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंक बिच बैंकास्योरेन्स सेवा सम्झौता

बुधबार, ०२ जेठ २०७५, १९ : ०५ मा प्रकाशित

आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंक बिच  बैंकास्योरेन्स सेवा सम्झौता

अर्थ संसार, काठमाडौं-आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक  लिमिटेड बिच  बैंकास्योरेन्स सेवा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक  लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ ।

उक्त कार्यक्रममा एभरेष्ट बैंक लिमिटेडका प्रमुख कर्याकारी अधिकृत  सोमेश्वर सेठ, नायब महाप्रबन्धक द्धय राजिव जैन र गिरिश कोहली साथै आइएमई जनरलर इन्स्योरेन्स लिमिटेडका नायब महाप्रबन्धक द्धय शरण रेग्मी र पवन थापाको उपस्थिती रहेको थियो ।

सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताउनु भयो ।

बैंकका सबै ग्राहक महानुभावहरुले आफूले बैकिङ सेवा लिईरहनु भएको बैंकको शाखा मार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गर्नुभयो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको