अर्थ संसार, काठमाडौँ – चीन जोडने सबै भन्दा नजिकको बाटोको रुपमा रहेको मैलुङ स्याफ्रुवेशी सडकखण्ड नेपाली सेनाले निर्माण सम्पन्न गरेको छ ।
सेनाले सो सडक निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।
सेनाले २ वर्षमै सडक निमार्ण सम्पन्न गरेको हो । कूल १७ किलोमिटरको स्याफ्रुवेशी सडकखण्ड तयार भैसकेको सेनाले बताएको छ ।
यस्तै मैलुङ स्याफ्रुवेशी सडकखण्ड पनि जेठ ६ गते हस्तान्तरण गर्ने तयारी गरिएको छ । उक्त सडक ९ देखि ११ मिटर चौडा निर्माण भएको छ ।
सेनाले कर्णाली करिडोर, कालीगण्डकी करिडोर, फास्ट ट्रयाक, जाजरकोट डोल्पा, बेनीघाट लार्केभन्ज्याङ लगायतको सडकखण्ड धमाधम निर्माण गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस