Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको आँखा शिविरमा जाँच गर्नेको भिड (फोटोफिचर)

शुक्रबार, ०४ जेठ २०७५, ०८ : ४६ मा प्रकाशित

जनता बैंकको आँखा शिविरमा जाँच गर्नेको भिड (फोटोफिचर)

अर्थ संसार, काठमाडौं- संस्थागत सामाजिक उत्तरदायित्वमा जनताको ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखिकार्य गरिरहेको जनता बैंक नेपाल लिमिटेडले हालै लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा ३ दिने निःशुल्क बृहत स्वास्थ्यशिविर सम्पन्न गरेको छ ।

यहि २०७५ बैशाख २८, २९ र ३० माआँखाको निःशुल्क मोतिबिन्दु अपरेशन, महिलाको पाठेघरसँग सम्बन्धित रोग, नाँक/कान/घाँटी र सामान्य चिकित्सा सम्बन्धि स्वास्थ्य शिविर राखिएकोमा कूल १२९५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

सो मध्ये ३० जनाविरामीको शिविर स्थलमै मोतिबिन्दुको अपरेशन गरिएको थियो भने २९ जना महिलाहरुलाई पाठेघर सम्बन्धिअपरेसनको लागिअस्पतालमा सिफारिस गरिएको छ । उक्त अपरेशनमा जनता बैंकले आर्थिक सहयोग गर्ने छ । साथै ५०० जना भन्दा बढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निःशुल्क चस्माका साथै सम्पूर्ण विरामीहरुलाई आवश्यक औषधि वितरण गरिएको थियो ।

आँखाको अपरेशन गरेका विरामीहरुको चौथो दिनमा शिविरमै फलोअप राखिएकोमा सबै विरामीहरुको अवस्था सामान्य रहेको थियो ।उक्त स्वास्थ्य शिविरको समापनको अवसरमा दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले गाउँसम्म आई यति धेरै जनताहरुको स्वास्थ्य उपचारमा सहयोग गरेकोमा जनता बैंक तथा सहयोगि संस्थाहरुप्रति हार्दिक आभार व्यक्तगर्नु भएको थियो ।

उक्त स्वास्थ्य शिविरमा नेपाल नेत्रज्योती संघ, हिमालयन आँखा अस्पताल पोखरा र अल्का अस्पतालप्रा.लि. जावलाखेलका चिकित्सकतथा स्वास्थ्य कर्मिहरुले प्राविधिक सेवा प्रदान गर्नुभएको थियो ।

स्वस्थ्य नारी पहलमार्फत विपन्न ग्रामिणम हिलाहरुको स्वास्थ्य सुधारमा महत्वपूर्ण सहयोग पुर्याउने उद्देश्यले बैंकले स्त्रीतथा प्रसूति रोग सम्बन्धि यस्ता शिविरहरु अन्य क्षेत्रमा पनि गर्दै जाने योजना बनाएको छ ।

5afe4360ce3ef.jpg 5afe4368c34f4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको