Like us!
Follow us!
Connect us!
Watch us!

नागढुंगादेखि धुलस्खेलसम्म चल्ने भयो मेट्रो रेल, लगानी बोर्डले निकाल्यो ग्लोबल टेन्डरको सूचना

शनिबार, ०५ जेठ २०७५, १३ : ५२ मा प्रकाशित

नागढुंगादेखि धुलस्खेलसम्म चल्ने भयो मेट्रो रेल, लगानी बोर्डले निकाल्यो ग्लोबल टेन्डरको सूचना

अर्थ संसार, काठमाडौँ- काठमाडौँको नागढुंगादेखि धुलीसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको छ । लगानी बोर्डको संयोजनमा सो मार्गमा मेट्रो रेल चलाउन लागिएको हो ।

विश्वका धेरै जसो देशमा सहज यातायाताका लागि मेट्रो रेल चलाइृरासखएको सन्दर्भमा सो मार्गमा मेट्रो चलाउन लागिएको हो ।

आगामी चार वर्षभित्र मेट्रो रेल चलाउने तयारीका साथ आवश्यक प्रक्रिया सुरु गरिएको लगानी बोर्डले जानकारी दिएको छ ।

काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेलसम्म ४५ किलोमिटर लामो मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययनका लागि ग्लोबल टेण्डर आव्हान गरिएको छ ।

बोर्डको  २०७४ कात्तिक २७ गते बसेको बैठकले नागढुंगादेखि धुलिखेलसम्म ४५ किलोमिटर लामो मेट्रो रेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने निर्णय भएको थियो ।

बोर्डले सोही निर्णयका आधारमा बिहिबार विस्तृत सम्भाव्यता अध्ययनका लागि ग्लोबल टेण्डर निकालेको हो ।

आगामी तीन साता भित्र विस्तृत सम्भाव्यता अध्ययनका लागि इच्छुक कम्पनीहरुले प्रस्ताव बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

बोर्डले नै गठन गरेको राािष्ट्रय योजना आयोगका पुर्वाधार हेर्ने तत्कालिन सदस्य हिरेन्द्रमान प्रधान नेतृत्वको कार्यदलले पहिलो चरणमा नागढुंगा कलंकी कोटेश्वर धुलिखेल मेट्रो रेल बनाउन सकिने सिफारिस गरिएको थियो ।

विस्तृत सम्भाव्यता अध्ययन र डीपीआर तयार भैसकेपछि लगानी बोर्डकै अगुवाईमा निर्माण, सञ्चालन र हस्तान्तरण(बुट) ढाँचामा सो रेल निर्माणको प्रक्रिया अगाडि बढ्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको