Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुलीमा सरकारी सवारी साधनको चरम दुरुपयोग

शनिबार, ०५ जेठ २०७५, १४ : २० मा प्रकाशित

सिन्धुलीमा सरकारी सवारी साधनको चरम दुरुपयोग

शंखर पहाडी,गौरब

अर्थ सन्सार सिन्धुली -सिन्धुलीमा सरकारी सवारी साधनको चरम दुरुपयोग भएको छ । स्थानिय निकायका जनप्रतिनिधीहरुलाई स्थानिय सरकारले दिएको सेवा सुबिधा अन्र्तगतको सवारी साधनको चरम दुरुपयोग भएको हो ।

कार्यालय समयमा सरकारी नम्बर प्लेटका सवारी साधन चल्नु स्वाभाविकै भएपनि आफ्नो पार्टीको राजनैतिक कार्यक्रममा जाँदा तथा आफ्ना आफन्तसंग भेटघाट गर्दा समेत सरकारी सवारी साधनको  प्रयोग गर्ने गरेको पाईएको हो ।

वजारमा तरकारी किन्न जाँदा पनि सरकारी नम्बर प्लेटका सवारी साधनको प्रयोग भएको पाईएको छ । भने शनिबार पनि सरकारी नम्बर प्लेटका  सवारी साधनहरुको प्रयोग भएको छ ।

सवारी साधनमा हाल्ने पेट्रोल तथा डिजेल, मविल समेत स्थानिय सरकारले दिने तर अरु काममा पनि सवारी साधनको प्रयोग भएको पाईएको हो । सिन्धुलीको अधिकाँस जनप्रतिनिधीहरुसंग सवारी चालक अनुमति पत्र पनि छैन भने सवारी चलाउन पनि राम्ररी आउँदैन ।

त्यस्तालाई स्थानिय निकायले सेवा सुविधाको नाममा सवारी साधन दिएको छ । उनिहरु अहिले सवारी चलक अनुमति पत्र समेत नभएका सवारी चालक राखेर सवारी सञ्चालन गरि रहेका छन ।

भने स्थानिय सरोकारवाला निकाय त्यस प्रति मौन रहेको छ । भने सरकारी सवारी साधन सञ्चालकहरु खुलेआम रुपमा कार्यलय समय भन्दा अन्य समयमा पनि शानले सरकारी नम्बर प्लेटका सवारी साधनहरु चलाई रहेका छन ।

5affe6e555f0d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको