Like us!
Follow us!
Connect us!
Watch us!

हिमालमा फोहोर गर्नेलाई कारबाही गर्ने

मंगलबार, ०८ जेठ २०७५, १३ : ३१ मा प्रकाशित

हिमालमा फोहोर गर्नेलाई  कारबाही गर्ने

अर्थ संसार, काठमाडौँ – सरकारले सगरमाथा र अन्य उच्च हिमशिखर एवं आसपासमा क्षेत्रको सफाइमा विशेष ध्यान दिने र ती क्षेत्रमा फोहोरजन्य क्रियाकलाप गर्नेलाई दण्डित गर्ने जनाएको छ ।

सरकारले सार्वजनिक गरेको  आर्थिक वर्ष २०७५\०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वच्छ पानीको स्रोतका रुपमा रहेका हिमाल तथा हिमतालको संरक्षण गर्ने तथा जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै जैविक विविधता र वातावरणको संरक्षण एवं व्यवस्थापन, भूक्षय नियन्त्रण र नदी मुहान तथा किनारा संरक्षण गरिने उल्लेख गर्नुभयो ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको कार्यान्वयनलाई प्रभावकारी बनाइने तथा पहाडी भूभाग र चुरे क्षेत्रका ताल एवं पोखरी निर्माण गरी वर्षात्को पानी संकलन गर्ने व्यवस्था मिलाइने नीतिमा जनाइएको छ ।

त्यस्तै वन व्यवस्थापनलाई वैज्ञानिक बनाइने, उच्च मूल्यका स्थानीय वातावरण अनुकूलनका वन, फलफूल जडीबुटी तथा कृषिजन्य वन पैदावारको खेती विस्तार, मूल्य अभिवृद्धि र बजारीकरणलाई प्रोत्साहन गर्ने नीति सरकारले प्रस्तुत गरेको छ ।

सरकारी निजी, सहकारी र सामुदायिक साझेदारीमा वन पैदावारमा आधारित उद्योग स्थापना तथा मुख्य शहरलाई हरित् शहरका रुपमा विकास गरिने वर्तमान सरकारको नीति तथा कार्यक्रम छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको