Like us!
Follow us!
Connect us!
Watch us!

शाखा विस्तारमा आक्रमक बन्दै लुम्बिनी विकास बैंक, एकै दिन ३ शाखा उद्घाटन

मंगलबार, ०८ जेठ २०७५, १९ : १५ मा प्रकाशित

शाखा विस्तारमा आक्रमक बन्दै लुम्बिनी विकास बैंक, एकै दिन ३ शाखा उद्घाटन

अर्थ संसार, काठमाडौं- बैंकहरु माझ छुट्टै स्थान बनाउन सफल लुम्बिनी विकास बैंक पछिल्लो समय शाखा विस्तारमा आक्रमक बन्दै आएको छ ।

बैंकले आफ्नो सेवा विस्तारको क्रममा कपिलवस्तु जिल्लाको गजेहडा, सप्तरी जिल्लाको रुपनी र जनकपूरको लोहारपट्टीमागरी एकैदिन ३ शाखा शाखाहरुको औपचारिक रुपमा उद्घाटन गरी कारोबार सुरु गरेको छ ।  

प्रदेश छ  अन्तरगत कपिलवस्तू जिल्लाको गजेहडा शाखाको बैंकका सञ्चालक चिन्तामणी भट्टराईले समद्घाटन गर्नू भयो ।

उक्त समारोहमा सम्बोधन गर्दै सञ्चालक भट्टराईले बैंकले आगामी दिनमा प्रतिस्पर्धात्मक रुपमा आधुनिक बैकिङ्ग सेवा प्रदान गर्ने बताउदै भट्टराईल भन्नुभयो- ‘नेपाल सरकारको हरेक नेपालीको बैंक खाता खोल्ने नीति वमोजिम ग्रामिण भेगमा समेत शाखा विस्तार गर्दै जाने छौं ।’

कार्यक्रममा बैंकका वरिष्ठ प्रबन्धक दिपक खनालले उपस्थित अतिथि तथा ग्राहक महानुभावहरुलाई स्वागत गर्दै बैंकवाट उपलव्ध सेवा सूविधाहरुको सम्बन्धमा स्पष्ट पार्नु भएको थियो ।

त्यस्तै प्रदेश २ अन्तरगत सप्तरी जिल्लाको रुपनी शाखा तथा महोत्तरी जिल्लाको लोहारपट्टी शाखाको बैंकका सञ्चालक  गणेशराज रेग्मीले समुद्घाटन गर्नू भयो । उक्त समारोहलाई सम्बोधन गर्दै सञ्चालक रेग्मीले बैंकले ग्रामिण क्षेत्रमा स-साना परियोजनाहरुको विकासमा आर्थिक सहयोग गरी जनताको जिवनस्तर सूधारमा सक्दो सहयोग गर्नेे बताउनुभयो ।

कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तिलक प्रसाद पाण्डेले उपस्थित अतिथि तथा ग्राहक महानुभावहरुलाई स्वागत गर्दै बैंकवाट उपलव्ध सेवा सूविधाहरुको सम्बन्धमा स्पष्ट पार्नु भएको थियो ।

बैंकको केन्द्रीयकार्यालय काठमाडौंको  डिल्ली  बजारबाट संचालनभई मूलूकका विभिन्न भागमा रहेका ६३ शाखा सञ्जालहरु तथा १२ एटिएममार्फत विभिन्न निक्षेप तथा कर्जा सूविधाका साथै भिसा, एटिएम, आस्वा, एसएमएस बैकिङ्ग, मोवाइल बैकिङ्ग   सि.आस्वा (VISA  ATM, ABBS,SMS Banking, Mobile Banking, C-ASBA)  लगायतका सम्पुर्ण आधूनिक बैकिङ्ग सेवाहरु प्रदानगर्दै आएको  छ ।

5b0420bbc2c17.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको