Like us!
Follow us!
Connect us!
Watch us!

बनेपामा विमानस्थल निर्माण प्रक्रिया अगाडि बढ्यो, यसरी हुँदैछ काम

बुधबार, ०९ जेठ २०७५, ११ : ५१ मा प्रकाशित

बनेपामा विमानस्थल निर्माण प्रक्रिया अगाडि बढ्यो, यसरी हुँदैछ काम

अर्थ संसार, काठमाडौँ – सरकारले आन्तरिक विमानस्थल विस्तार गर्ने योजना अगाडि सार्दै काभ्रेको नागीडाँडामा आन्तरिक विमानस्थल निर्माणको काम सुरु गरेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणले वातावरणीय प्रभाव मूल्याङकन (ईआईए) का लागि क्षेत्र निर्धारणको काम थालेको छ ।

यसअघि गरिएको प्रारम्भीक अध्ययनले आन्तरिक उडानका लागि उत्तम विकल्पका रुपमा नागीडाडा देखिएपछि प्राधिकरणले काम थालेको आज प्रकाशित सूचनामा उल्लेख छ । सो विमानस्थलको नाम वनेपा आन्तरिक विमानस्थल प्रस्ताव गरिएको छ ।

वनेपा नगरपालिकाको ११ र १२ नम्बर वडामा पर्ने प्रस्तावित विमानस्थल निर्माणबाट पर्ने स्थानीय क्षेत्रमा भौतिक, जैविक, सामाजिक, आर्थिक र साँस्कृतिक प्रणाली त्यसमा पर्ने प्रभावको अध्ययन गर्ने तयारी गरिएको संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए ।

आन्तरिक हवाइजाहाज उडान र अवतरणकाका लागि निर्माण हुने प्रस्तावित विमानस्थलको उत्तर–दक्षिण फैलिने रनवे स्ट्रीप १५०० मि. १५० मी, एप्रोन ५५ हजार वर्गमिटर र विमानस्थल टर्मिनल स्टाफ क्वाटर समेत गरी थप ७ हजार वर्गमिटर रहने प्राधिकरणले जानकारी दिएको छ । परामर्शदाता प्याक्ट कन्सलट्यान्ट प्राइभेट लिमिटेडले ईआईए प्रतिवेदन तयार पार्ने सूचनामा उल्लेख छ ।

विमानस्थल निर्माण हुने जग्गा अधिकांश सरकारी रहेको छ । यदि जग्गा किन्नुपर्ने भएमा १ जनासँग मात्र कुरा गरे पुग्ने देखिएको छ । नागीडाडा पनौती र पाटनबाट नजिकैको दुरीमा पर्ने भएकाले सडक सञ्जालसँग जोडिन पनि सहज रहेको छ । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा विमानको चाप अधिक भएपछि आन्तरिक उडानलाई अलग गर्न लागिएको हो ।

बनेपाको नागीडाडामा प्रारम्भिक अध्ययनको प्रतिवेदन यस अघि नै आइसकेको छ ।  सो विमानस्थल साना विमानका लागि मात्र उपुत्त हुनेछ । विमानस्थल निर्माणमा सामान्य भन्दा धेरै खर्च लाग्ने इन्जिनियरले प्रारम्भिक अनुमान गरेको छ ।

आन्तरिक उडानले नै ६५ प्रतिशत ओगट्ने भएकोले अन्तराष्ट्रिय उडानमा समस्या पर्ने गरेको विमानस्थलका अधिकारीहरु बताउछन् । एक मात्र अन्तराष्ट्रिय विमानस्थल व्यस्त बन्दा जहाजहरु अवतरण गर्न १ देखि २ घण्टासम्म आकासमै होल्ड गर्नुपर्ने समस्या रहेको छ ।

सो विमानस्थल निर्माणका लागि धेरै लामो समयदेखि प्रयास भएपनि प्रक्रिया अगाडि बढ्न सकेको थिएन । पछिल्लो पटक वर्तमान सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन भन्दै नागीडाँडामा विमानस्थल निर्माणका लागि प्रयास थालेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको