Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंक र र भार्गव विकास बैंकको सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

विहीबार, १० जेठ २०७५, ०९ : ०० मा प्रकाशित

सिद्धार्थ बैंक र र भार्गव विकास बैंकको सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं –सिद्धार्थ बैंक र भार्गव विकास बैंकले  जेठ ३ गतेदेखि लिलामीमा ल्याएका अवितरिक हकप्रद सेयर खरीदका लागि आवेदन दिने बिहीवार (आजं) अन्तिम दिन रहेको छ ।

सिद्धार्थले संस्थापक तर्फको ४० हजार २०.५४ र सर्वसाधारण तर्फको १ लाख ७४ हजार ३ सय १५.५५ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

त्यस्तै, भार्गव विकास बैंकले संस्थापक तर्फको ६ लाख ६७ हजार ७ सय ६ र सर्वसाधारण तर्फको ८५ हजार ६ सय ६४ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रकृयाबाट विक्रीमा ल्याएको हो ।

यी दुवै कम्पनीको लिलामी सेयरको मूल्य प्रतिकित्ता न्यूनतम  १ सय तोकिएको हुँदा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा संस्थापक र सर्वसाधारण दुवै तर्फको सेयर खरीदमा न्यूनतम १ सय कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतमका लागि पनि कुनै हद राखिएको छैन । हकप्रद विक्री प्रबन्धकमा सिद्धार्थको सिद्धार्थ क्यापिटल र भार्गवको एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको