Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकले फेरी थप्यो ५ शाखा, पुग्यो ११५ शाखा

विहीबार, १० जेठ २०७५, ११ : १० मा प्रकाशित

जनता बैंकले फेरी थप्यो ५ शाखा, पुग्यो ११५ शाखा

अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेडले शाखा विस्तार गर्ने क्रमलाई निरन्तर दिदै एकै साथ ५ शाखा थप गरी कारोबार सुरु गरेको छ ।

यस सँगै बैंकको शाखा ११५ वटा पुगेको छ । बैंकले गोलबजार शाखा– गोलबजार न.पा. ४, सिराहा, नौकुण्ड शाखा–नौकुण्डगा.पा.२, रसुवा दोरम्बा शाखा–दोरम्बागा.पा. ३, रामेछाप तातोपानी शाखा–तातोपानीगा.पा. ३ मार जुम्ला कालिकास्थान शाखा–कालिकागा.पा. २, रसुवामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।

यस मध्ये कालिका स्थान शाखा एक्स्टेनशन काउन्टरलाई स्तरोन्नत गरी शाखामा रुपान्तरण गरिएको हो भने बाँकी ४ शाखाहरु नयाँ खोलिएका हुन् । यि शाखाहरु मार्फत स्थानीय उद्योगी, ब्यापारी तथा सर्वसाधारणले सम्पूर्ण आधुनिक बैकिङ सेव ाप्राप्त गर्न सक्नेछन् ।

यस सँगै जनता बैंक नेपाललिमिटेडको शाखा सञ्जाल ११५पुगेको छ भने बैंकले ४० शाखा रहित बैंकिङ्ग, १ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको