अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका २ स्थित भुवनेश्वर माध्यमिक विद्यालय र अमरगढी नगरपालिका ३ स्थित घटाल माध्यमिक विद्यालयलाई ५/५ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।
डडेलधुरा जिल्लाको शैक्षिक विकासमा सहयोग पुर्याउने उद्धेश्यले बिहीबार बैंकको सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणा तथा डडेलधुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले संयुक्त रुपमा भुवनेश्वर माध्यमिक विद्यालय बुधबारते घटाल माध्यमिक विद्यालय ५÷५ थान कम्प्युटर प्रदान गरेको हो ।
शैक्षिक स्तरोन्नतिका साथै विद्यार्थीहरुमा कम्प्युटरको पहुँच पुगोस भन्ने उद्धेश्यका साथ बैंकले कम्प्युटरहरु सहयोग स्वरुप हस्तान्तरण गरेको हो । ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।
बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी, पहिरो, भूकम्प लगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको छ भने यस्ता अन्य सामाजिक कार्यहरुमा पनि सदैव अग्रसर रहँदै आएको छ ।
यसका साथसाथै बैंकले मिति २०७५ ज्येष्ठ ९ गते बुधबार देखि बैतडी जिल्लाको सुरेना गाउँपालिका ६, मोतीनगरमा आफ्नो ८५औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १२९ शाखा, ४ एक्सटेन्सन काउण्टर, १३१ एटिएम, ८५ वटा शाखारहित बैंकिङ्ग सेवा ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस