अर्थ संसार
काठमाडौं– हाउस अफ राजकर्निकारले काठमाडौमा विश्वव्यापी साहसिक गन्तव्य तथा पर्वतारोहण सम्मेलन गर्नेभएको छ ।आगामी चैतको १८ देखि २० गतेसम्म काठमाडौमा हुने सम्मेलनले उत्पादन क्षेत्र, सेवा क्षेत्र, सुचना प्रविधिको क्षेत्र तथा साहसिक पर्वतारोहण तथा गन्तव्य सम्बन्धी अन्तराष्ट्रिय गन्तव्य समायोजन गर्ने नेतृत्वदायी अन्तराष्ट्रिय मञ्च प्रदान गर्ने छ ।
नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, भारतिय पर्वतारोहण संघ र चिनीया पर्वतारोहण संघको संयुक्त आयोजनामा हुने समेलनका अबसरमा प्रदर्शनीसमेत हुने छ । विभिन्न किसिमका साहसिक कार्यक्रम तथा प्रस्तुतिहरु रहने सम्मेलनमा विभिन्न देशका २ सयभन्दा धेरैको सहभागीता रहने अपेक्षा आयोजकको छ ।
प्रदर्शनीमा एडभेन्चर ट्राभल सर्भिस क्यानोइज, र्याफ्ट, माउन्टेन बाइक, डार्ट बाइक, प्यारासुट, प्यारा ग्लाइडिङ, स्कि, स्केटवोर्ड, सर्फबोर्ड, फिसिङ गियर, माउन्टेयरिङ हार्नेस लगायत रहने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस