Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा र सिटिजन्स म्युचुअल फन्डको २६ करोड सूचिकृत सेयरमा लगानी, प्रतिइकाई खुद मूल्य कति ?

शुक्रबार, ११ जेठ २०७५, १३ : १८ मा प्रकाशित

सानिमा र सिटिजन्स म्युचुअल फन्डको २६ करोड सूचिकृत सेयरमा लगानी, प्रतिइकाई खुद मूल्य कति ?

अर्थ संसार, काठमाडौं– सिटिजन्स म्युचुअल फन्ड १ को वैशाख महिनाको प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ १३ पैसा कायम भएको छ ।

चैतमा १० रुपैयाँ ६ पैसा रहेको प्रतिइकाई खुद मूल्य वैशाखमा ७ पैसाले बढेको हो । यसले कुल १४ वटा सूचीकृत कम्पनीमा २ करोड ७० लाख ४२ हजार २०० रुपैयाँ लगानी गरको छ । अघिल्लो महिना सेयर लगानी १ करोड १२ लाख ३० हजार ३४३ रुपैयाँ मात्र थियो ।
 
सिटिजन्सले कुल ९५ हजार १६० कित्ता सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै जनता बैंकको ११ हजार कित्ता सेयरमा लगानी छ । रकमका आधारमा भने नबिल बैंकको संस्थापक सेयरमा सबैभन्दा धेरै लगानी रहेको छ ।

नबिलको ५५ लाख ८० हजार ८५० रुपैयाँ बराबरको संस्थापक सेयर किनेको हो । सीबीआइएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित यो पहिलो म्युचुअल फन्ड हो । यसको कोष प्रवद्र्धक सिटिजन्स बैंक हो ।

सानिमा इक्विटी फन्डको २३ करोड सेयरमा

सानिमा इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य वैशाखमा १० रुपैयाँ १४ पैसा कायम भएको छ ।
चैतको तुलनामा प्रतिइकाई खुद सम्पति मूल्य २१ पैसाले बढेको हो ।

वैशाखमा यस फन्डले २३ करोड ६३ लाख ३ हजार २४२ रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ । यस फन्डको सूचीकृत सेयरमा लगानी अघिल्लो महिनाको तुलनामा ४ करोड ९१ लाख २३ हजार ७२३ रुपैयाँले बढेको छ ।
 
सानिमा इक्विटी फन्डले ४१ वटा कम्पनीको ४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनेको छ । यसमध्ये सबैभन्दा धेर सांग्रिला डेभलपमेन्ट बैंकको २५ हजार ८३९ कित्ता सेयर सेयर रहेको छ ।

रकमका आधारमा भने सबैभन्दा धेरै नेपाल इनभेष्टमेन्ट बैंकको संस्थापक सेयरमा २ करोड ६४ लाख ५५ हजार रुपैयाँ लगानी गरेको छ । यो फन्डलाई सानिमा क्यापिटलले व्यवस्थापन गरेको छ । यसको कोष प्रवद्र्धक सानिमा बैंक हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको